लम्जुङ– शुक्रबार पक्राउ गरेका लमजुङका यातायात व्यवसायीविरुद्ध अत्यावश्यक सेवा ऐन २०१४ अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सार्वजनिक यातायात अत्यावश्यक सेवाभित्र पर्ने भएकाले कानुनको बर्खिलाप गरेको


ADVERTISEMENT


अभियोगमा यातायात व्यवसायीविरुद्ध मुद्दा चलाइने बताएका छन् । अत्यावश्यक सेवा रोक्नेबिरुद्ध कुनै पनि सम्झौता नहुने भन्दै उनले कुनै पनि हालतमा उनीहरु विरुद्ध कारबाही हुने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार दिउँसो पक्राउ परेका यातायात व्यवसायीविरुद्ध मुद्दाको प्रक्रिया अघि बढिसकेको डीएसपी पदमबहादुर विष्टले बताए । उनले भने, ‘हामीले अनुसन्धान थालेका छौं । शनिबार बिदाको दिन भएकाले आइतबार हामी अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्छौं ।’

सार्वजनिक सवारी–साधन बन्द गराएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका सार्वजनिक यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णवहादुर अधिकारीसहित ५ जना रहेका छन् । पक्राउँ पर्नेमा बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाई रहेका छन् ।