भक्तपुर – भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ ।


ADVERTISEMENT


हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका–४ का माधव मैनालीको बा।९प. ३१०१ र सोही स्थानमा रहेको खाजाघरमा काम गर्ने काभ्रे बनेपाका विनोद तामाङको बा.५९प. २२६६ नंको मोटरसाइकलमा आगलागी भएको हो ।


ADVERTISEMENT

# # #


मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हुनसक्ने मैनालीले बताए । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।