काठमाडौं–डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएको थियो ।


ADVERTISEMENT


यो प्रकरण सेलाउन नपाउँदै ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो ।


ADVERTISEMENT

# # #


संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको पाइएको छ ।

ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको पाइएको छ ।

कोहोनको कम्पनीको नाम ग्लोबल साइन्स रिसर्च थियो । उनी त्यस समय क्याम्ब्रिज विश्वविद्यालयका मनोवैज्ञानिक शोधकर्ता थिए । ट्वीटर प्रयोगकर्ताका डाटामाथि एक दिनको पहुँच उपलब्ध गराएबापत ट्वीटरले रकम लिएको थियो ।

ट्वीटरले निजी सूचनाहरुसम्म पहुँच पुगेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा ट्वीटरले ६६ करोड ५० लाख डलर आम्दानी गरेको छ ।

क्याम्ब्रिज एनालिटिकाले झण्डै ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका निजी जानकारी अनुमति विना नै संकलन गरेको थियो ।