एजेन्सी–केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ । तर पानी बिना भने प्राय असम्भव छ । पानी जीवन हो । यो हाम्रो शरीरको महत्त्वपूर्ण अंश हो । शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन ।


ADVERTISEMENT


पसिना र पिसाबबाट हाम्रो शरीरको पानी जाने गर्छ । विज्ञहरूका अनुसार शरीरमा पानीको मात्रा सन्तुलित रूपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ । शरीरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ ।


ADVERTISEMENT

# # #


शरीरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ । पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको सङ्क्रमण लगायत हुन्छ । शरीरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ । पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या हुन्छन्ः

डिहाइड्रेसनः पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धी अन्य समस्या निम्त्याउँछ ।

कब्जियतः शरीरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ । शरीरको तापक्रम वृद्धि गर्छ शरीरमा पानीको मात्र कम हुद शरीरको तापक्रम घट्छ । शरीरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ ।

पेटको अल्सरः शरीरमा पानीको अभावमा पेटको अल्सर हुन्छ । पेटमा म्युकोसको निर्माण हँदैन । यसले पाचन पक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ ।

जोर्नी दुख्छ जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ । जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरीर पोल्ने र जोर्नीमा पीडा हुन्छ ।

रक्तचाप घट्छ रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ । तसर्थ शरीरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ ।

मुटुको धड्कन बढ्छ जब शरीरमा पानीको अभाव हुन्छ, शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ ।

पाचन प्रणालीमा समस्याः पानी शरीरको एउटा महत्त्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउँछ । पानीको अभावमा पाचन पक्रियो असहज हुन्छ ।

कमजोर र धमिलोः शरीरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त ऊर्जा उत्पन्न गर्छ । यसले हाम्रो शरीरलाई कमजोर र आँखा धमिलो बनाउँछ ।