काठमाडौं–काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ । व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT


सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् । करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् ।


ADVERTISEMENT

# # #


कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको जनाएको छ । – आजको नेपाल समाचारपत्रबाट