काठमाडौँ – काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ भएको छ ।


ADVERTISEMENT


शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरेका हुन् । हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ ।


ADVERTISEMENT

# # #


६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको मन्त्री खरेलले बताए । उनले लाखौँ सेवाग्रही लाइसेन्स नपाइएर कागज बोकेर हिड्नुपर्ने अवस्थाको अब अन्त्य हुने बताए । मन्त्री खरेलले यसअघिको लाइसेन्सको लागत ३ सय रुपैया पर्नेमा अव केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रुपैया मात्रै लाग्ने जानकारी दिए ।

उनले सुरक्षण मुद्रण केन्द्रमा बजेट र कर्मचारीको अभावलाई हटाउदै अब निरन्तर रुपमा काम गर्न सक्ने अवस्था बनाइने उल्लेख गरे । पहिलो चरणमा लाइसेन्स सुरु भएसंगै अन्य महत्वपूर्ण छपाइ पनि अव केन्द्रबाटै सुरु गरिने उल्लेख गरे ।

सुरक्षण मुद्रण केन्द्र राज्यकोे प्राथमिकतामा रहेको भन्दै मन्त्री खरेलले विगतको उल्झनलाई बिर्सेर सक्षम संस्थाको रुपमा विकसित गर्न निर्देशन दिए । उनले केन्द्रलाई पारदर्शी रुपमा अघि बढाए देश र जनताको पूर्ण रुपमा साथ रहने बताए ।

मन्त्री खरेलले अहिलेको सरकार निर्वाचनका लागि गठन भएपनि जनताको सेवाका लागि समेत गम्भीर रहेको धारणा राखे । सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागसंग सम्झौता गरेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य सुरु गरेको हो ।