काठमाडौं, नेपाल – डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।
डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विभिन्न विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । जसमध्ये सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट पाइनेछ भने सबै सलोन सेवामा २० प्रशित छुट प्राप्त गर्न सकिनेछ । यस्तै ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (TIBSA)मा हुने तालिम कार्यक्रममा ३०५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।
लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।
काठमाडौंमा अवस्थित TIBSA ले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।
के-के छन् अफर ?
देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट पाइने छ भने सबै सलोन सेवामा २० प्रतिशत छुट तथा TIBSA मा प्रशिक्षण सेवामा ३० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइ डिशहोम एम मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कसरी छुट प्राप्त गर्ने ?
छुट प्राप्त गर्नका लागि माइ डिशहोम एम प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुपर्नेछ । जसमा दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्न सकिनेछ । त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो भर्चुअल प्रिभिलेज कार्ड खोल्नुपर्नेछ । त्यसपछि कुनै पनि ट्राङक्विलिटी शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्न सकिनेछ ।
यस साझेदारीलाई औपचारिक बनाउने क्रममा ‘द ट्राङक्विलिटी स्पा एन्ड सर्भिसेस’का प्रमुख सञ्चालन अधिकृत (सीओओ) रणिल फाइजो र डिसहोमका का नयाँ प्रोडक्ट विकास अधिकेत प्रमुख सबिन महर्जन बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताबारे डिसहोमका प्रमुख कार्यकारी अभिकेत (सीईओ) तारा मानन्धरले भन्नुभयो, “यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्छ ।”
‘डिशहोम भर्चुअल प्रिभिलेज कार्ड’ कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।


























































