काठमाडौं– फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद निलम्बन नहुने व्यवस्था गर्न लागेकोप्रति नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले प्रेस विज्ञप्तिमार्फत गम्भीर आपत्ति व्यक्त गरेका छन् ।


ADVERTISEMENT


लोकतन्त्रमा सांसद र जनताका लागि फरक कानुन हुनु नहुने र सुशासन र लोकतन्त्र विरोधि व्यवस्था भएको कारण लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको कुरा विज्ञप्ति मार्फत जारी गरिएको छ ।


ADVERTISEMENT

# # #


यसका साथसाथै अपराधी लाई उन्मुक्ति दिने खालको कानुन फिर्ता लिन यो विषयसंग सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको कुरा विज्ञप्तीमा समावेश गरिएको छ ।