अभिमनु कुमार पटेल, रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनतालाई सास्ती परेको जन गुनासो बढ्दै गएको छ । अधिकृतको दरबन्दी रहेको दुर्गा भगवती गाउँपालिका नायब सुब्बाको भरमा चल्दै आएको छ ।


ADVERTISEMENT


गाउँगाउँमा सिंहदरबारको परिकल्पना सरकारले गरेता पनि अनुभवविहीन प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकु्रका कारण दुर्गा भगवती गाउँपालिकावासी अधारभुत सेवा सुबिधाबाट समेत बञ्चित रहेका छन ।


ADVERTISEMENT

# # #


प्रथम गाउँ सभा हँुदा खुल्लासत्र हुनु अगाबै बन्दशत्र गरेका दुर्गा भगवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठाकु्रले आफनै छोरालाई कार्यालय सहयोगीमा नियुक्त गरी करोडौ रकम पेशकी दिएर हिनामिना गरेका छन ।

गाउँपालिका हुदाका बखत प्रमुख प्रशासकीय अधिकृत ठाकु्रले ३५ लाखमा एक थान सोफा, एक थान टेबल तथा दुई थान कार्यालय दराज खरिद गरेर नक्कली बिल भरपाई पेश गरी सो रकम खाएको आरोप कार्यालयकै कर्मचारीले लगाएका छन ।

हालै गाउँपालिकाले केही शिर्षकमा काम गर्नका लागि सार्वजनिक सुचना जारी गरेतापनि प्रमुख प्रशासकीय अधिकृत ठाकु्रले आफन्तलाई गैर सरकारी संस्थासँग गाउँपालिका पाश्र्व चित्र तयार पार्नको लागि बिना अधार सम्झौता गरेर निती नियमको धज्जी उडाएका छन ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलीयाका अनुसार त्यस्तो फटहा र भ्रष्टाचारी प्रमोद ठाकुरलाई एक हप्ता भित्र प्रमुख प्रशासकीय अधिकृतको पदबाट पद मुक्त गर्ने बताए ।

गाउँपालिका कार्यालयमा सह लेखापाल सरोज कुमार दासले चलाउदै आएको स्थानीयले बताएका छन तथा दासको हैकमबादी प्रवृतिले स्थानीय जनता आक्रोषित भएका छन ।

बाराको देवताल गाउँपालिकामा करोडौ रुपैया भ्रष्टाचार गरेर रौतहटको दुर्गा भगवती गाउँपालिकामा आएका सह लेखापाल दासले सब भनद बढी आकर्षक फाट आफना नजिकका सुरक्षा पहारी लाई दिन लगाएर योजना शाखा समेत आफै चलाई रहेका छन ।

सह–लेखापाल दासको काम कार्वाही सम्बन्धमा कोष लेखा तथा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक भिमार्जुन ज्ञवालीसँग बुझदा आफुलाई घटना क्रम थाहा नरहेको तर अब यसलाई सुक्षम तरिकाले पता लगाई कार्वाही प्रकृया अगाडी बढाउने बताए।

यसै सम्बन्धमा महालेखा नियन्त्रक कार्यालय काठमाडौका कर्मचारी प्रशासन महाशाखाका जगन्नाथ देवकोटाका अनुसार सहलेखा पाल दासको जनगुनासो थुप्रै आएको तथा यसलाई बिशेष प्राथमिकताका साथ हेरी किनारा लगाउने तथा भ्रष्टाचार निवारणमा सहयोग गर्न प्रतिबद्द रहेको बताए ।

गाउँपालिकामा कार्यरत कर्मचारी मात्र भ्रष्टाचारमा संलग्न छैनन दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरूण साहले गर्नुभएको विकास २० दिन सम्म टिकन नसकेको उदाहरण रहेको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिकाका वडा नं १ मा सडक र नाला निर्माण गरेको १ महिना समेत नटिक्ने नालामा प्रमुख अरूण साहले आफनै चिमनी को इट्टा अरूण नामकै प्रयोग गरेको छ तर यहाँको स्थानीय जनताहरूले यो नालाको कुनै आवश्यकता नरहेको र यो सडकको बिचमै निर्माण गरि पुरै गुणस्तरहिन कार्य गरेको प्रष्ट भएको छ ।

गाउँपालिका अध्यक्ष साहको स्वार्थ पुर्ती हुने योजना मात्र अगाडी बढेको देखिएको छ । वडा नं ४ मा वडाअध्यक्षले सार्वजनिक भेला गरी गठन गरेको उपभोक्ता समितिलाई नमानी गाउँपालिका प्रमुख साहले आफनै टैक्टर, आफनै इटा तथा गिट्टी बालुवा आफै ढुवानी गरी मनपरी हिसाबले कार्य अगाडी बढाएको आरोप स्थानीय नेता रामानन्द यादवले लगाएका छन् ।