काठमाडौँ — भालुसँग सेल्फी लिने क्रममा भारतमा एक जनाको ज्यान गएको छ । भारतको उडिसा राज्यमा गत बुधबार साँझ प्रभु भतारा नाम गरेकी ती व्यक्तिको भालुको आक्रमणमा परी मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT


विवाह समारोहबाट घर फर्कने क्रममा जंगलमा प्रभुले गाडी रोकेका थिए । त्यही समय उनले एउटा घाइते भालु देखे र सेल्फी लिन खोजेको प्रत्यक्षदर्शीहरुले बताए । सेल्फी लिने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रभुलाई भालुले आक्रमण गरिरहँदा उनीसँगै रहेकाहरुले बचाउनुको सट्टा भिडियो लिइरहेका थिए । एक वर्षको अवधिमा उडिसा राज्यमा जंगली जनावारसँग सेल्फी लिने क्रममा तीन जनाको मृत्यु भएको छ ।