काठमाडौँ – बेलायतको दोस्रो ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५’ आयोजना हुने हुने भएको छ ।


ADVERTISEMENT


इन्फा इभेन्ट्स यूकेको आयोजनामा यही १५ नोभेम्बर (शनिबार) सांझ लन्डन ग्रीनफोर्ड टाउन हलमा नेपाली फिल्म र फिल्मकर्मीहरुको समारोह हुन लागेको हो ।


ADVERTISEMENT

# # #


समारोहमा नेपाली कला क्षेत्रका प्रतिष्ठित कलाकारहरुको उपस्थिति हुने र अवार्डस्, सम्मान र पुरस्कार वितरण गरिने आयोजक इन्फा इभेन्ट्स यूले जनाएको छ । यस पटक ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने छ । जसका लागि गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विद्यामा फिल्म छनोट गरेका छन् ।

यस संस्करणमा अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने छ ।

समारोहमा सहभागी हुन दीपकराज गिरी, दीपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जीतु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, निता ढुंगाना बेलायत जाँदैछन् ।

यस्तै विजय बराल, समर्पण लामा, डान्सर अलिसा शर्मा, कविता नेपाली, उषा उप्रेती, दिया मास्के, ऋचा घिमिरे, मलिना जोशी, उपासना सिंह ठकुरी, मिलन चाम्स, रिहान गिरी, प्रमोद अग्रहरी लगायतका कलाकारहरु पनि सहभागी हुनेछन् ।

समारोहमा गायन, हास्यव्यङ्ग्य, नृत्य लगायत अनेकौं आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ । समारोह आयोजना लागि बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की सक्रिय रहेका छन् । इभेन्टको मुख्य प्रायोजक एभरेष्ट एभरकनका सञ्चालक मिलन भट्टराई छन् ।

नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको इभेन्ट प्रमुख संयोजक उमेश मोक्तानले बताए । उनले निकै ठूलो मेहनतका साथ कार्यक्रम गर्न लागिएकाले हलसम्म आएर कलाकारहरु एवं आयोजकलाई हौसला दिन अपिल गरेका छन् ।

इभेन्टमा प्रवेश शुल्क २०, ३० र ५० पाउण्ड एवं भिभिआइपीका लागि १०० पाउण्ड राखिएको छ । यसअघि गत १३ सेप्टेम्बरका समारोह तोकिए पनि नेपालमा भएको जेन जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

May be an image of 6 people and text that says 'INFA EVENTS tsMyTalent SHHE HECИCAwИCHo Itls ItlsMyTalent Talent Presents 2 INFA INTERNATIONAL NEPALI FILM AWARD 2025 UK INFA EVENTS UK INFA NEPAL BUY TICKET TICKET TICKETPRICE PRICE GOLD 50 13 SEPTEMBER SATURDAY, 2025 17:00| GREENFORD UB69 RUISLIP RD SILVER f 30 BRONZE 25 CONTACT CONTACTDETAILS DETAILS TAN AN: 07453260122 TANKA |TANKABHATTARAI:074124639177 BHATTARAI: 07412639177 PANT: 07711989648 RAJPANDEY:07727181808 RA PANDEY: 07727181808'