काठमाडौँ– बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा ६ जनाको उमेदवादवारी दर्ता भएको छ ।
देशभक्त पर्यावरणीय सामाजिक पार्टीका सुरेन्द्र प्रसाद ढकाल, अशोक महर्जन स्वतन्त्र, निर्मल कुमार थापा स्वतन्त्र, किशोर थापा स्वतन्त्र, विनोक कुमार क्षेत्री केसी स्वतन्त्र र रन्जु न्यौपाने (दर्शना)ले मेयर पदका लागि उमेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


त्यसैगरी ३ जनाले उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् ।
जनिशा भट्टराई, निरुपमा यादव स्वतन्त्रबाट र ऋतु सापकोटा राष्ट्रिय जनमोर्चाका तर्फबाट उपमेयरमा उमेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


प्रमुख दल कांग्रेसबाट राजुराज जोशीले टिकट पाएपनि उम्मेद्वारी दर्ता गराएका छैनन् भने एमालेले उम्मेद्वार छनोट गर्न सकेको छैन । यसैगरी माओवादी केन्द्रबाट सर्वोत्तम डङ्गोलले उम्मेद्वारी पाएका छन् तर दर्ता भने गराएका छैनन् । राप्रपाको पनि उम्मेद्वारी छनोट हुन सकेको छैन ।