चितवन – नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइरालालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस पदाधिकारीको मंगलबार बसेको बैठकले कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयर उठाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकाको मेयरका लागि करीव तीन दर्जनले दाबी गरेका थिए । तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुरा नमिलेपछि कृष्ण सिटौला पक्षका कोइरालाले बाजी मारेका हुन् । भरतपुरमा यसअघि नै एमालेले देवी ज्ञवालीलाई मेयर र दिव्या आचार्यलाई उम्मेदवार तय गरिसकेको छ । माओवादीबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।


ADVERTISEMENT

# # #