काठमाडौं– मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४४ हजार ३०० कायम भएको छ । मंगलबार सुन तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलमा ३ हजार १ सय ७५ मा कारोबार भइरहेको छ । हिजो चाँदी ३ हजार १७० मा खरिदबिक्री भएको थियो ।


























































