काठमाडौं– प्रहरीले मकवानपुरको बागमती गाँउपालिका ४ जरायोटारबाट एक युवकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


संरक्षित वन्यजन्तु बाघको १ थान छाला र ९ किलोग्राम हड्डीसहित स्थानीय २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीबाट ९ फिट ७ इन्च लामो र ३ फिट चौडाइ भएको बाघको छाला बरामद भएको छ । आइतबार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय फाँपरबारी मार्फत जिल्ला वन कार्यालय मकवानपुरमा बुझाएको छ ।

उनीमाथि राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

दोषी ठहरिएमा उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६९१० अनुसार पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै हुने व्यवस्था छ ।