काठमाडौं– ‘सबै ठाउँमा, सबैका लागि मुस्कान’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले मंगलबार राजधानी काठमाडौंलगायत देशका विभिन्न भागमा कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सोसाईटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले सबैलाई मुस्कान दिने गरी सबै ठाउँमा आफूहरुको सेवालाई अझै विस्तार गर्ने योजना तय गरिएको बताए । सोसाईटीले भूकम्प पीडितलाई गरेको सेवाबाट आफूहरुलाई सन्तुष्टि मिलेको पनि स्मरण गराएको छ । नेपाल रेडक्रस सोसाईटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रूपमा सदैव क्रियाशील रहँदै आएको छ ।


ADVERTISEMENT

# # #


बाढी पहिरो, भूकम्प लगायत विपतका बेला रेडक्रसले संगठित रुपमा काम गर्दे आएको छ । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को दिन विश्वभर रेडक्रस दिवस मनाउने गरिन्छ ।