काठमाडौं । कुमारी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो।


ADVERTISEMENT


बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको जानाएको छ ।


ADVERTISEMENT

# # #


बैंकको हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। बैंकको वार्षिक साधारणसभा, बुक क्लोज लगायतको मिति भने तय भइसकेको छैन।