काठमाडौं–दाङमा एक १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन् । राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया शकुन्तला केसीले आत्महत्या गरेकी हुन् । राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी केसीले वैशाख २ गते नतिजा सार्वजनिक भएकै दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


विद्यालयका प्राचार्य बाबुराम ज्ञवालीले पनि छात्राले आत्महत्या गरेको स्रोतलाई जानकारी दिएका छन् । यथार्थमा केसी उत्तिर्ण नै थिइन् । तर, विद्यालय प्रशासनले पछिल्लो तीन महिनाको मासिक शुल्क १ सय ७५ का दरले ५ सय २५ रूपैंया नबुझाएको भन्दै केसीको नतिजा रोकेको थियो ।


ADVERTISEMENT

# # #


केसीले अन्तिम तीन महिनाको मासिक शुल्क ५ सय २५ विद्यालयमा बुझाएकी थिइन् । तर, लेखा शाखामा काम गर्ने शिक्षकले समयमै केसीले बुझाएको मासिक शुल्क चढाउन भुलेपछि उनको नतिजा विद्यालय प्रशासनले रोकिदिएको थियो । मासिक शुल्क बुझाए पनि परीक्षाफल रोकिएको हुँदा १४ वर्षीया छात्रा सकुन्तला केसीले परीक्षाफल प्रकाशित भएकै दिन आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

‘दिउँसो परीक्षाफल प्रकाशित भयो र साँझ उनले घरमै पासो लगाएर आत्महत्या गरिछन्, तर त्यो नियतवस भएको होइन, काम गर्ने क्रममा भएको त्रुटि मात्रै हो,’ प्राचार्य ज्ञवालीले स्रोतसँग भने। लेखापाल विद्यालयकै काम विषेशले उक्त समयमा काठमाडौं गएकाले केसीले तिरेको मासिक शुल्क चढाउन भुलेको प्राचार्य ज्ञवालीले दाबी गरे। ‘गल्तिबस पछिल्लो तीन महिनाको शुल्क बुझाएको भए पनि त्यो समयमै चढाउन बाँकी रहेछ,’,प्राचार्य ज्ञवालीले थपे, ‘त्यही भएर विद्यालय प्रशासलने शुल्क क्लियर नभएको हुँदा नतिजा रोकिएको छ, भन्ने लेखेको थियो। तर त्यही सहन गर्न नसकेर छात्रा केसीले आत्महत्या गरिन्।’

ती छात्राले मैले शुल्क बुझाएकी हुँ भनेको भए पनि तल्कालै नतिजा हेरफेर हुनसक्ने अवस्था थियो तर, उनले आत्महत्या नै गर्दा समस्या उत्पन्न भएको प्राचार्य ज्ञवालीले बताए । ‘सायद घरमा पनि अभिभावकले गाली गरे होलान्, हामीले पैंसा दिए पनि शुल्क नतिर्ने भने होलान् र त्यो सहन गर्न नसकी उनले आत्महत्या गरेको हुनुपर्छ,’ प्राचार्य ज्ञवालीले भने ।

प्राचार्य ज्ञवालीका अनुसार नतिजा सार्वजनिक भएको दिनमा सकुन्तला केसी विद्यालय आएकी थिइनन् । उनी घरमै थिइन् । उनका साथीहरूले प्रकाशित नतिजामा केसीको नाम नरहेको र मासिक शुल्क नतिरेको भन्ने जानकारी दिएपछि उनी निराश भएर आत्महत्या रोजेको हुन सक्ने उनले बताए ।

क्रान्तिकारीद्धारा विद्यालयमा तालावन्दी
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनिययन (क्रान्तिकारी)ले विद्यलाय प्रशासनवाट गम्भीर त्रूटि भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने जिल्ला सचिव अमर खड्काले बताए ।

उनले लापरवाही गर्ने लेखापाललाई जागिरबाट हटाउनुपर्ने मागसमेत गरे । परीक्षाफल प्रकाशनमा विद्यालय प्रशासनले गम्भीर त्रूटी गरेकाले कक्षा ८ मा अध्ययनरत १४ बर्षीया सकुन्तला केसीले आत्महत्या गर्नु एक प्रकारको हत्या नै भएको भन्दै उनले दोषी शिक्षकलाई कारबाहीको माग गरे ।

यसै विषयलाई लिएर (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले बुधवार आदर्श नमुना मावि लालमटियामा अनिश्चित कालिन तालाबन्दी गरिदिएको छ ।

क्रान्तिकारीकी जिल्ला अध्यक्ष प्रितिमा चौधरीले जारी गरेको विज्ञप्तिमा पनि विद्यार्थी संगठनले वैशाख ७ गते २४ घण्टे अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाए पनि विद्यालय प्रशासनले वेवास्ता गरेको हुँदा बाध्य भएर तालावन्दी गरिएको उल्लेख गरेकी छन् ।

घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिले समेत विद्यालय र कक्षा शिक्षकको त्रूटिले उक्त घटना भएको निश्कर्ष निकालेको विज्ञप्तिमा दाबी गरिएको छ । यस्तो अवस्थामा पनि घटनालाई समान्यीकरण गर्ने र राज्य प्रशासनले समेत वेवास्ता गरेकाले विद्यालयका तालाबन्दी गरेको अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रितिमा चौधरीले जानकारी दिइन् ।

साथै विद्यार्थी संगठनले विद्यालयका प्रद्यानाध्यापक र अध्यक्षले नैतिकताको आधारमा राजीमाना दिनुपर्ने, दोषी कक्षा शिक्षकलाई बर्खास्त गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दिनुपर्ने र मृतकको नाममा अक्षयकोष स्थापना गर्नुपर्ने माग गरेको छ ।