काठमाडौं–इंग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले ब्राइटनमाथि सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन ड्यानिलो, बेर्नान्डो सिल्भा र फर्नानडीन्होले समान एक एक गोल गरेका थिए। ब्राइटनका जोसे लियोनार्दोले एक गोल फर्काए ।


ADVERTISEMENT


इदिहाद स्टेडियममा खेलको १६ औं मिनेटमा ड्यानिलोको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा ब्राइटनका लियोनार्दोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।


ADVERTISEMENT

# # #


तर, खेलको ३४ औं मिनेटमा सिल्भाले गोल गर्दा पहिलो हाफमा सिटीले २–१ को अग्रता बनायो । त्यसपछि खेलको ७२ औं मिनेटमा फर्नानडीन्होले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

यो जितसँगै च्याम्पियन सिटीले अंक तालिकामा किर्तिमान कायम गरेको छ । सिटीले ३७ खेलबाट ९७ अंक जोडेको छ । र, यो प्रिमियर लिगमा च्याम्पियन क्लबले बनाएको कीर्तिमानी अंक हो । सिटीले यो सँगै चेल्सीको किर्तिमान भंग गरेको हो ।

यसअघि सन् २००४–५ को सिजन चेल्सीले कीर्तिमानी ९५ अंक जोडेर उपाधि जितेको थियो । तर, सिटीले एक खेल बाँकी रहदै कीर्तिमानी अंक जोडेको हो । अब सिटीले साउथह्याम्पटनविरुद्धको अन्तिम खेलमा जित हात पारे १०० अंक जोड्ने छ ।

यस्तै सिटीले एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान समेत बनाएको छ । सिटीले १०५ गोल गर्दै चेल्सीले सन् २००९–१० को सिजन १०३ गोल गर्दै बनाएको किर्तिमान तोडेको हो ।