काठमाडौं –बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २०६२/६३ को जनआन्दोलनका सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेसँग भेटगरेका छन् ।


ADVERTISEMENT


श्वास–प्रश्वास सम्बन्धी समस्याका कारण लामो समयदेखि अस्वस्थ रहेका ८७ वर्षीय घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री बानियाँ उनीकै निवास, मकवानपुरगढी गाउँपालिका–५ पुगेका हुन्।


ADVERTISEMENT

# # #


भेटका क्रममा पिता घिमिरेले छोरा बासुदेव घिमिरेको नाममा निर्माण भइरहेको प्रतिष्ठान छिटो पूरा गरिदिन आग्रह गरे। आफ्ना छोराको अग्रगमनको प्रतिभा झल्किने गरी प्रतिष्ठान छिट्टै सञ्चालनमा आओस् भन्ने आफ्नो ठूलो इच्छा भएको उनले बताए। प्रतिष्ठानका लागि डेढ कठा जग्गासमेत उपलब्ध गराइसकेको जानकारी पनि घिमिरेले दिए। प्रत्येक निर्वाचनमा उमेदवारहरू आशिर्वाद लिन मात्र आउने तर पछि कुनै चासो नदेखाउने गरेको गुनासो पनि उनले राखे।

मुख्यमन्त्री बानियाँले सहिदहरूको योगदानले नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै सहिद सम्मानका लागि प्रदेश सरकार सधैं तयार रहेको बताए। सहिद परिवारका लागि तत्काल रोजगारका अवसर उपलब्ध गराउनुका साथै उनीहरूका अनुहारमा मुस्कान ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।