काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो । खेज नेपाली समय अनुसार अपराह्न ४ः०० बजे सुर हुँदैछ ।
पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँले आज रनरअप सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्ने लक्ष्यमा हरेको छ । यता सुदूरपश्चिम भने काठमाडौँविरुद्ध जित निकाल्दै प्रतियोगितामा सकारात्मक सुरुवात गर्ने योजनामा रहेको छ ।



























































