काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनहरुको आज भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षकरशिक्षिका, विद्यार्थी र उनीहरुका अभिभावकको पनि उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


 उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवनहरु तथा अन्य सम्बद्ध संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्यूठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।

३. श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरू मध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीहरुका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ जसमध्ये लगभग ६०५ छात्राहरु रहेका छन् ।

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरे । उनीहरुले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्यूठानको श्री दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन मद्दत गर्नेछ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई मजबुत बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउँछ ।