काठमाडौं– लोक तथा दोहोरी गायक ईश्वर श्रेष्ठको नयाँ गीत ‘कार्तिके कुकुर’ सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नै युट्युब च्यानलमार्फत गीतलाई बजारमा ल्याएका हुन्।


ADVERTISEMENT


गीतमा ईश्वर श्रेष्ठसँगै प्रतिमा अर्याल र नोविनाले स्वर दिएका छन्। गीतको शब्द तथा लय स्वयं गायक श्रेष्ठकै रहेको छ।


ADVERTISEMENT

# # #


भिडियोमा बिनिता दाहाल, कल्पना खनाल र गायक श्रेष्ठको भूमिका देख्न सकिन्छ। गीतको छायांकन विशाल योञ्जनले गरेका हुन्।

‘कार्तिके कुकुर’मा एक पुरुषले दुईवटा श्रीमती भए पनि हरेक दिन एकछाक खाना खान नसकेको अवस्थामार्फत सामाजिक व्यङ्ग्य प्रस्तुत गरिएको छ। दुईवटी श्रीमती भएपछि पोइ कुनामा बसेर रुनुपर्ने परिस्थितिलाई गीतले हास्य–व्यङ्ग्य शैलीमा देखाएको छ।

यस गीतले नेपाली समाजमा दुईवटी श्रीमती राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै यस्तो प्रथाले परिवार र व्यक्ति दुवैको जीवन अव्यवस्थित हुने गहिरो सन्देश दिन खोजिएको छ।