काठमाडौं– कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबारको बजारमा प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


























































