ओखलढुंगा–दातृ निकायको सहयोगमा संचालित ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) ले अक्सिजन उत्पादन गर्न थालेको छ । अक्सिजन उत्पादन सुरु भएपछि आकस्मिक कक्षमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई लाभ पुगेको छ।विगतमा अक्सिजन काठमाडौंबाट ढुवानी गर्नुपर्दा मंहगो पर्ने गरेको थियो ।


ADVERTISEMENT


अहिले नेपाल सरकार र नोरमिसन नामक विदेशी संस्थाको लगानीमा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको हो । हाल उत्पादित अक्सिजन अस्पतालमै प्रयोग हुने गरेको छ।सामुदायिक अस्पतालका विजनेस म्यानेजर बुद्ध श्रेष्ठले अन्य अस्पतालले माग गरे अक्सिजन आपूर्ति गर्न सकिने जानकारी दिए । दुई महिना अघिबाटै परीक्षण गरिएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ।


ADVERTISEMENT

# # #


कुल १ करोड ४ लाख रुपैयाँ लागतमा अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले हाल २४ घण्टामा २० जम्बो सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको छ । यो अस्पतालमा छिमेकी जिल्ला रामेछाप, सिन्धुली, उदयपुर र सोलुखुम्बुसम्मका बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालले उत्पादन गर्दै आएको अक्सिजन हाल आर्थिक रुपमा विपन्न बिरामीलाई सस्तो मुल्यमा प्रदान गर्दै आएको छ । सहुलियत मुल्यमा अक्सिजन बिक्री वितरण गरेपनि अस्पताललाई आर्थिक घाटा भने छैन ।