काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार उनी छुटेका हुन् ।
यसअघि प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्तरिट माथि सर्वोच्चले सुनुवाई गर्दै प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रसाईंले पत्रकार सम्मेलन, मिडिया, फेसबुक स्टाटस मार्फत राष्ट्र र अन्तर्राष्ट्रिय जगत र नेपाली सुरक्षाकर्मीहरुलाई समेत थ्रेट र अपमान हुने अभिव्यक्ति दिएको, साम्रगीहरु प्रकाशन र प्रचार प्रसार गरेको भन्दै प्रहरीले मंसिर २ गते पक्राउ गरेको थियो ।


























































