काठमाडौँ – ओपनर निरज कुमार यादवले शतक प्रहार गरेपछि युएईमा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले मंगलबार साउदी अरेबियालाई ८ विकेटले हराएको हो ।
युएईको अजमानस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ५० विकेट गुमाएर २१८ रन बनाएको हो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३२.४ ओभरमा २ विकेट गुमाउँदै जित शानदार हात पारेको हो ।
नेपालको जितका लागि ओपनर निरज कुमार यादवले ९० बलमा १३ चौका र १ छक्का ठोक्दै ११४ रन बनाए । यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नटआउट ६६ रन जोडे भने वंश क्षेत्री २० बलमा ३० रन बनाएर आउट भए ।
साउदी अरेबियाका लागि मोहम्मद जुबेर सुनसाराले १ विकेट लिए । अन्य बलर नेपाली ब्याटर सामु निरीह साबित भए ।
यसअघि साउदीका लागि मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाए । यस्तै मोहम्मद रेहान सिद्धकीले ४१, ओमिर अहमद वाहरले ३९, मज्दीले २५ र कप्तान रायन खानले १७ रन बनाउँदा हाजिर अहमद सज्जाद १६ रनमा आउट भए भने अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ नेपालका अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्शन सोनारले समान १–१ विकेट हात पारे । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
१४ वटा टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । जहाँ नेपालसँगै साउदी र हङकङ चाइना रहेका छन् । नेपालले अर्को खेल बिहीबार हङकङ चाइनासँग खेल्नेछ ।


























































