मोरङ — मोरङको विराटनगर–१३ बाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


मंसिर ९ गते लागू औषधको बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT

# # #


पक्राउ परेकाहरूको साथबाट ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि थप अनुसन्धान गरि रहेको छ।