काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरुले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरी नयाँ नीति र नेतृत्वका साथ पाटी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिए । उनले मंसिर मसान्त वा पुष पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

घिमिरेले समयमा महाधिवशेन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्वाइएको आरोप लगाए । उनले विशेष महाधिवेशनका लागि सभापति शेर बहादुर देउवाले पनि सहजीकरण गर्नुपर्ने भन्दै महाधिवेशनपछि देउवालाई सम्मानीत नेताका रुपमा अघि बढाउने जिकिर गरे । पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि विशेष महाधिवेशनको माग गरको उनले बताए ।

त्यस्तै अन्य नेताहरुले अब बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका थिए । उनीहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेहरुमाथिको अपमान स्वीकार्य नहुने समेत जनााएका छन् ।