काठमाडौं– काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पारेको छ । बिहीबारभएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.२ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिमलाई जित दिलाउन ओपनर विनोद भण्डारीले शानदार ब्याटिङ गरे । सोे क्रममा उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ६९ रन बनाए । यस्तै आरिफ शेखले ३७ बलमा ३९, क्रिस लिनले १४ बलमा १६ रन जोडे ।

लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलमेन, अभिशेष गौतम र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले ती, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे ।

पौडेलको कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ । तीन खेलमा एक खेल मात्रै जितेको लुम्बिनी छैटौँ स्थानमा छ । आजको खेल जित्दै लुम्बिनी प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने सुदूरपश्चिमको अपराजित यात्रामा पनि रोक लगाउने योजनामा छ ।

आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।