काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवशेनमा स्वस्थ प्रतिष्पर्धा गर्न सबैलाई छुट रहेको बताएका छन् ।


ADVERTISEMENT


एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित महाधिवशेनको लोगो सार्वजनिक कार्यक्रममा ओलीले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वका साथै केन्द्रीय कमिटी चयन गर्न निर्वाचन हुने भन्दै आगामी निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले महाधिवेशनका क्रममा सर्वसम्मतिका नाममा सेन्टिमेन्टलको काम नहुने र कसैलाई रोक्ने प्रयास नहुने स्पष्ट पारे । अध्यक्षका हिसाबले आफुले सर्वसम्मत रुपमा अघि बढ्न आह्वान गर्ने भन्दै उहाले एमालेमा लोकतन्त्रको पूर्ण अभ्यास हुने बताए ।

अध्यक्ष ओलीले पार्टीमा नेतृत्व हस्तान्तर र पुस्तान्तरणको स्वभाविक रुपमा हुने भएकाले यसमा अनावश्यक बहस गर्न आवश्यक नरहेको जिकिर गरे । पार्टीका केन्द्रीय सदस्य सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई सिंहदरबारमा लगेर राखिएको धारणा राखे । उनले असंवैधानिक कामलाई रोक्नका लागि संसद पुनस्र्थापना आवश्यक रहेको बताए ।

ओलीले देश अप्ठेरो अवस्थामा रहेका बेला दलहरुले राजनीतिक स्वार्थ त्यागेर एकताबद्ध भइ मुलुकलाई लोकतन्त्रमा फर्काउन आह्वान गरे । उनले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह समेत गरे ।