काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौँको जितका लागि जेरहार्ड इरास्मसले सर्वाधिक ३९ रन बनाए । नटआउट रहेका उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै जोन सिम्प्सोनले २१ बलमा ४ चौका र २ छक्का ठोक्दै ४१ रन जोडे भने बेल चार्ल्सवोर्थले ३४ र मिलिन्द कुमारले ३४ रनको योगदान गरे ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ विकेट लिए भने पवन सर्राफका नाममा १ विकेट रह्यो ।

यसअघि कर्णालीका लागि गुल्शन झाले सर्वाधिक नटआउट ४० रन बनाए । त्यसक्रममा आक्रामक ब्याटिङ गरेका उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै पवन सर्राफले २९ बलमा २ चौका र २ छक्काको मदतमा ३५ रन जोड्दा ओपनर मार्क वाटले २७ बलमा १ चौका र २ छक्का प्रहार गरे । यस्तै नजिबुल्लाह जदरानले १२ रन तथा दीपक डुम्रेले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ काठमाडौँका राशिद खानले सर्वाधिक २ विकेट लिए । सो क्रममा ३ ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । यस्तैकरण केसी, मिलिन्द कुमा र सन्तोष यादवले समान १–१ विकेट लिए ।

आजको हारसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना करिब करिब अन्त्य भएको छ । यता काठमाडौँको भने प्लेअफ पुग्ने सम्भावना करिब निश्चित गरेको छ ।

एनपीएलमा भोलि कुनै पनि खेल छैन । मंगलबार पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।