काठमाडौँ – नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा मुलुकभर उल्लासका साथ मनाइएको छ ।


ADVERTISEMENT


नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएका हुन् । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ ।


ADVERTISEMENT

# # #


योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । यःमरि पुन्हिका अवसरमा काठमाडौंको मंगलबजारमा बिभिन्न प्रकारका यःमरि प्रर्दशनीमा राखिएको थियो ।

त्यस्तै बिहीबार नै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।