काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल अपराह्न ४ः०० बजे सुरु हुँदैछ ।
एनपीएलको प्लेअफको सम्भावनालाई जीवितै राख्न आज चितवनलाई आज जित्नै पर्ने दबाब रहेको छ । सुदूपश्चिम भने दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ।


























































