काठमाडौं– बुधबार सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।


ADVERTISEMENT


कम्पनीले गत मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर आज बाँडफाँट भएको हो।


ADVERTISEMENT

# # #


बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको १० लाख शेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आबेदन परेको छ। जसमा २१ लाख ८ हजार १४० कित्ता योग्य आबेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको शेयर पाएका छन्।

कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

सो शेयर खरिदका लागि कुल ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ आवेदन रद्द भएको छ भने ६२ हजार ९४७ आवेदन स्वीकृत भएको छ।