बाजुरा– बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहे । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थालेका छन् ।


ADVERTISEMENT


“आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उनले भने । रोजगारी गर्न व्यवसाय गर्नुभन्दा विदेश जाने प्रवृत्तिको अन्त्य गर्नका लागि गाईपालन व्यवसाय थालेको उनको भनाइ छ । बडुवाल गाईपालन व्यवसायबाट चार महिनामा रु एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।


ADVERTISEMENT

# # #


“राजनीतिमा लागे पनि व्यवसाय नगरी समाज परिवर्तन सम्भव छैन,” उनले भने, “गाईपालनबाट मासिक रु ३० हजार आम्दानी गरिरहेको छु ।” गाईपालन गर्नकै लागि उनले उन्नत जातका दुईवटा गाई चितवनबाट खरिद गरेर बाजुरा ल्याएको बताए । अहिले उहाँसँग उन्नत जातका दुईवटा जर्सी गाई र दुईवटा बाच्छा रहेका छन् ।

“एक दिनमा २८ लिटर दूध उत्पादन हुन्छ,” उनले भने । उनले दुग्धजन्य पदार्थ नजिकैको बजारमा बिक्री गर्दैआएका छन् । बजार नजिकै भएकाले उनलाई दूध बिक्री गर्न समस्या छैन । गाईपालन शुरु गरेपछि उनको दैनिकी नै बदलिएको छ । राजनीतिमा लागेर घरव्यवहार चलाउन निकै समस्या झेलेका बडुवालले अहिले राम्रै आम्दानी गर्न थालेका छन् ।

“व्यावसायिक रुपमा गाईपालन व्यवसायलाई अगाडी बढाउने योजना छ,” उनले भने । गाईपालनसँगै दिनभरको फुर्सदको समयलाई उनले सदुपयोग गर्न ‘समृद्ध बडीमालिका डेरी’ सञ्चालन गरेका छन् ।

जिल्लामा विभिन्न व्यवसाय गर्दैआएका किसानका लागि सहयोग गर्दै आएको जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख शंंकर सिहंले बताए। बेरोजगार युवालाई स्थानीय तहले गाउँमै व्यवसायतर्फ उन्मुख गराउन कार्यालयले सहयोग गर्दैआएको छ । बाख्रापाललन, भैसीपालन, कुखुरापालनलगायतका लागि आवेदन माग गरेको उनले बताए ।