काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये १.५ प्रतिशत बोनस शेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै, सो बैठकले पुस २१ गते, सोमबार चौधौँ वार्षिक साधारण सभा बोलाउने र साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ।
आगामी पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्र्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



























































