काठमाडौं – कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।