काठमाडौँ – नेकपा एमालेको केन्द्रीय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टीको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुनुभन्दा अगाडी आइतबार भृकुटीमण्डपमा बसेको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेगरिको विधान संशोधन प्रस्तावलाई पारित गर्ने छ ।


ADVERTISEMENT

# # #


गौतमले केन्द्रीय कमिटीअन्तर्गत स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहने जानकारी दिए । यसपटक पार्टीको मूल संरचना र पदाधिकारीको सङ्ख्या पुनःसमायोजन गरी पनि अन्य वैचारिक वा सांगठनिक धारामा परिवर्तन नहुने उल्लेख गरे । पार्टीमा युवाहरुको क्लष्टर मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएको उनले बताए ।

यसअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने व्यवस्था गरेको थियो भने २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो ।