काठमाडौँ – नेकपा (एमाले) ले ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।


ADVERTISEMENT


महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरि संरचना तय गरेको महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले जानकारी दिए । प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहने अर्यालले बताए । यसैगरी, खुल्ला कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएको उनल बताए ।

बन्दसत्रले विधान संशोधन प्रस्तावलाई पारित गरेको उनले जानकारी दिए । बन्दसत्रले माइन्युट कमिटी, प्रस्ताव कमिटी पनि गठन गरेको छ ।