काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण कार्यक्रममा नेता पुनले ६ महिनाभित्र ताजा जनादेशमा जानेगरी निर्वाचन गर्ने म्याण्डेडसहित वर्तमान सरकार गठन भएको भन्दै फागुन २१ गते निर्वाचन हुन नसके सरकारको औचित्य नै समाप्त हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


तोकिएको निर्वाचनलाई सार्ने छुट समेत वर्तमान सरकारलाई नभएको उनको भनाइ छ । पुनले संविधानबाट बाहिर गएर राजनीतिक दलहरुको सहमतिमा वर्तमान सरकार गठन भएकाले निर्वाचनको मिति सारिए संविधान थप मिचिने जिकिर गरे ।

उनले सरकार र जेनजीबीच भएको १० बुदे सहमतिमा केहि कुरा राम्रा र केहि कुरा सरकारको म्याण्डेडभन्दा बाहिर रहेको बताए । अहिले केही जेनजी युवाहरुले संसद आवश्यक रहेको धारणा राख्ने गरेको भन्दै उनले जनेजी आन्दोलनपछि अपरिपक्व ढंगले हतारमा बिघटन गरिएको जस्तो देखिएको उल्लेख गरे ।

पुनले जेनजी युवाहरुले उठाएका जायज मागलाई नेपाली कम्युनिस्ट पार्टीले अघि बढाउने स्पष्ट पारे ।