काठमाडौं कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा समेत निर्माण सम्पन्न गर्न ढिलाइ भएको छ ।


ADVERTISEMENT


श्रेष्ठ रमण एपेक्स जेभीले ठेक्का लिएको सो सडक निर्माण शुरु भएको ६ वर्षबढी हुँदा समेत निर्मण सम्पन्न हुन नसकेको हो । २०७६ भाद्र २३ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको गौरवको यो सडक खण्ड मध्ये पहिलो र दोश्रो प्याकेज दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो । दोश्रो प्याकेज सम्पन्न भएको निकै दिन भईसक्दा समेत पहिलो प्याकेज अन्तर्गत विराटचोक देखि नेता चोक सम्मको १० किलोमिटर सडक खण्ड निर्माण कार्य अझै पुरा हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


पहिलो प्याकेज अन्तर्गत करिब ८५ प्रतिशत भौतिक र ८४ प्रतिशत वित्तिय प्रगति भएको छ । सो सडक खण्डको ५ पटक म्याद थप गरिएकोमा अन्तिम पटक माघ ३ गते सम्म म्याद रहेको र लगातार काम गरे ४ दिनमा काम सम्पन्न हुने भएपनि ठेकेदारले काम नगरिरहेको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख खरानन्द इसरले जानकारी दिए ।

उनले ठेक्काको म्याद अझै बाँकी रहेको र तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिने बताए ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्वी भेग संग जोड्ने वैकल्पिक सडकको रुपमा रहेको विराटचोक नेताचोक सडक खण्डको निर्माण लागत ६८ करोड ६६ लाख ४९ हजार रुपैया रहेको छ । निर्माणमा ढिलाई हुदा लागत अनुमान बढ्ने पूवाधार विकास कार्यालय विराटनगरले जनाएको छ ।