काठमाडौं– लोकदोहोरी संगीत क्षेत्रमा नयाँ गीत “हजुरै चाहियो” सार्वजनिक भएको छ। गीतमा स्वर रितेश घताने र रिया बलामीले दिएका छन्।
माया, समर्पण र जीवनसाथीप्रतिको विश्वासलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
गीतका शब्द तथा संगीत स्वयं रितेश घतानेले नै तयार पारेका हुन् भने संगीत संयोजन कृष्ण केसी ले गरेका छन्। अडियो मिश्रण तथा निपुणता खडक बाजुरालीले गरेका हुन्। गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो ।
गीतको निर्देशन तथा कोरियोग्राफी रितेश घतानेले नै गरेका छन्। भिडियोमा कलाकारका रूपमा रितेश घताने, रिया बलामी र निर्मला गुरुङको अभिनय देख्न सकिन्छ। सहायक कलाकारहरूमा साहिल विश्वकर्मा, दुर्गेश गोटाम र नरेश गोटाम रहेका छन्।
भिडियोको छायांकन अरुण बरुण न्यौपानेले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन नविन घर्ती मगरले गरेका छन्।
“हजुरै चाहियो का” गीतले सरल शब्द, भावनात्मक प्रस्तुति र आकर्षक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने विश्वास गरिएको छ।
गीतका निर्माता रिया बलामी र सुन्तली घताने हुन्। साथै, यस परियोजनामा रेशम जुग्जाली ९सुबिन०, रेशम पन, सुनिल क्षेत्री ९साइप्रस०, झक छन्त्याल तथा म्याग्दीको गुर्जा गाउँ लाई विशेष धन्यवाद दिइएको छ।



























































