जनकपुरधाम – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दू युवाको मृत्यु भएको घटनाको विरोधमा जनकपुरमा प्रदर्शन भइरहेको छ।


ADVERTISEMENT


हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले राजमार्गसहित विभिन्न चोक–चोकमा टायर बालेर विरोध जनाएका छन्। केही स्थानमा साइकल र मोटरसाइकल सञ्चालनसमेत अवरुद्ध पारिएको छ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्। केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भइरहेको छ।

प्रदर्शनका कारण जनकपुरका केही क्षेत्रमा यातायात र दैनिक जनजीवन प्रभावित बनेको छ भने सुरक्षा निकायले अवस्था नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पारेको छ।