काठमाडौँ – नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारहरूमध्ये भगवती चौधरीले सबैभन्दा धेरै मत प्राप्त गरेकी छिन्।
सुनसरीकी चौधरीले खुला महिला तर्फ केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकी थिइन् । जसमा उनले २,०४४ मत प्राप्त गरिन् । यो महाधिवेशनमा खुला महिलातर्फ केन्द्रीय सदस्यले पाएको सबैभन्दा धेरै मत हो ।
चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरीमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन् । निर्वाचित भएपछि उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा पनि काम गरिसकेकी थिइन् ।
यसैबीच, महाधिवेशनमा मधेशी महिलातर्फ प्रतिक्षा तिवारीले २१२० मत ल्याइने भने ज्वाला कुमारी साहले २०४४ तथा बागमती महिला तर्फ केन्द्रीय सदस्य निरु दर्लामीले २,००५ मत प्राप्त गरिन् ।



























































