काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि क्याम्प सुरु गर्ने भएको छ । आइतबार क्यानले २४ जना खेलाडीलाई क्याम्पमा बोलाएको हो । नेपाली टोली छनोट गर्न पुस ७ गते अर्थात् भोलिदेखि क्याम्प सुरु गरिने क्यानले जनाएको छ ।


ADVERTISEMENT


नेपाली टोलीमा यसअघि गत अक्टोबरमा ओमानमा भएको आईसीसी टी–२० विश्वकप छनोट खेलेका सबै खेलाडीलाई क्याम्पमा बोलाएको छ । यस्तै केही दिनअघि मात्रै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा राम्रो प्रदर्शन गरेका खेलाडीले पनि क्याम्पमा आउने मौका पाएका छन् ।


ADVERTISEMENT

# # #


जसमा बासिर अहमद, साहब आलम, अविनास बोहरा, प्रतिश जिसी, विनोद भण्डारी, इशान पाण्डे, शेर मल्ल लगायत रहेका छन् । केही साताको प्रशिक्षण पश्चात क्यानले विश्वकपका लागि अन्तिम टोली छनोट गर्नेछ ।

यस्तो छ क्याम्पमा रहने २४ सदस्यीय नेपाली टोली
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बासिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश सिंह रहेका छन् ।