काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा शाखामा कार्यरत उपसचिव विदुरराज गिरीमाथि सांघातिक आक्रमण भएको छ ।


ADVERTISEMENT


बिहिबार गिरीमाथि गोविन्दराज पौडेल र कानून व्यवसायी बताउने कोषराज काफ्लेसहितका ४–५ जनाको समूहमा आएका व्यक्तिहरुले कार्यकक्षमै सांघातिक आक्रामण गरेको मन्त्रालयका सह–सचिव बालकृष्ण पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


गिरीमाथि सो समूहले टाउकोमा मुड्कीले हानेको र सिसाको जगले समेत फेरि प्रहार गर्दा बसिराखेको कुर्सीबाट लडी रगताम्म हुन पुगेका थिए । सोपछि पौडेल र काफ्लेलाई शाखाकै कार्यालय सहयोगी सिद्धिबहादुर महर्जन र सीमा लामाले रोक्न सफल भएपछि थप आक्रमण विफल भएको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि महानगरीय सुरक्षागण सिंहदरबार र महानगरीय प्रहरी बृत्त अनामनगरबाट गएको प्रहरी टोलीलाई उनलाई उद्दार गरी उपचारको लागि ट्रमा सेन्टर लगेको र त्यही उपचार भइरहेको बताइएको छ ।

विद्यालय कर्मचारीको सेवा सर्तसम्बन्धि विषयको सेवा सुविधा नदिएको भन्दै आक्रोशमा आएर आक्रमण भएको बुझिएको छ ।

सहसचिव पन्थीले अभियुक्तलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।