काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।
मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । भ्रमणका क्रममा मोदीको जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिएको थियो । राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टचार भेट गरे भने प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रमुख दलका नेताहरुलाई भेटेका छन् ।
आफ्नो भ्रमण ऐतिहासिक भएको मोदीले बताएका छन् । नेपाल छाडे लगतै ट्वीट गर्दै प्रधानमन्त्री मोदीले भनेका छन्, ओलीसँगको कुराकानी फलदायी रहृयो । यो भ्रमणले नेपाल भारत सम्वन्धमा नयाँ उर्जा प्राप्त भएको छ ।’