काठमाडौँ– भारतमा जारी १० औँ संस्करणको आइपीएल अन्र्तगत हिजो राति भएको खेलमा राइजिङ पुने सुपरजायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्समाथि चार विकेटको रोमाञ्चक जित निकालेको छ ।


ADVERTISEMENT


पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । जवाफमा पुनेले १९।२ ओभरमा छ विकेट गुमाएर १ सय ५८ रन बनायो ।


ADVERTISEMENT

# # #


विजयी टिमका लागि राहुल त्रिपाठीले सर्वाधिक ९३ रन बनाए । उनले यसका लागि ५२ बलको मात्र सामना गरे र नौ चौका तथा सात छक्का प्रहार गरे ।