सुनसरी- हिजोदेखी निरन्तर शीतलहरले जनजीवनमा गम्भीर प्रभाव पारिरहेको अवस्थामा मोरङको रतुवामाई नगरपालिका वडा नं ७ मा बिपन्न बस्तिमा दाउरा बितरण गरेको छ ।
वडा कार्यालयको पहल तथा सहभागितामा पथरी शनिश्चरे साझेदारी वन समूहको सहयोगमा उक्त वडाका विभिन्न टोल बस्ती चोक तथा बजार क्षेत्रमा दाउरा वितरण गरिएको हो ।
जाडोका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएपछि विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सामूहिक ताप्न मिल्ने गरी दाउरा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


 

 

आज समय अभावका कारण केही टोल बस्ती छुटेको भए पनि ती बस्तीमा भोलि दाउरा वितरण गरिने जानकारी दिइएको छ ।
वडा अध्यक्ष राम बहादुर कार्कीले निरन्तर बढ्दो चिसोले सर्वसाधारण प्रभावित भएको बताए ।
उनका अनुसार वडाभित्रका १५ वटा सार्वजनिक स्थानमा सामूहिक रूपमा आगो बालेर ताप्न तथा जाडोबाट बच्न सकिने व्यवस्था मिलाइएको छ ।
यसका लागि पाँच ट्याक्टर दाउरा संकलन गरी वितरण गरिएको उनले जानकारी दिए ।
उक्त अभियानमा पथरी शनिश्चरे साझेदारी वन समूह नेपाल प्रहरी नगर प्रहरी स्थानीय युवा साथीहरू तथा ढुवानीका लागि खटिएका ट्याक्टर चालकहरूको उल्लेखनीय सहयोग रहेको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष कार्कीले सहयोगी सबै निकाय तथा व्यक्तिप्रति वडा कार्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे ।
उनले चिसो बढिरहेको समय भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गर्दै आवश्यक परेमा वडा कार्यालय थप सहयोगका लागि सधैं तयार रहेको बताए ।


ADVERTISEMENT

# # #


स्थानीयवासीहरूले यस किसिमको सहयोगले जाडोमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सहकार्य र समुदायगत एकताबाट संकटको समयमा प्रभावकारी राहत सम्भव हुने उदाहरण प्रस्तुत भएको उनीहरूको भनाइ छ ।
आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिँदै सबै टोल बस्तीमा समान पहुँच पुर्‍याइने वडा कार्यालयले प्रतिबद्धता जनाएको छ ।
जाडो मौसमभरि सहकार्य कायम राख्दै समुदायको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिइने बताइएको छ ।
यसले स्थानीय सरकार र समुदायबीच विश्वास मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सर्वसाधारणले यस्तो पहललाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
यस अभियानले चिसोबाट जोगिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
वडाले समन्वय र सहकार्यलाई निरन्तर प्राथमिकता दिने जनाएको छ ।
स्थानीय स्तरमा यस्ता प्रयास अनुकरणीय मानिएका छन् ।
सबैको सक्रिय सहभागिताले राहत प्रभावकारी बनेको स्थानीयले बताएका छन ।